सिन्धुलीको खुर्काेटमा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माणको शिलान्यास,

२०८१ फाल्गुन २१ गते, बुधबार

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा आज (बुधबार) ज्वाला प्रसाद न्याैपाने(पुकार) काे प्रमुख आतिथ्यतामा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नँया शहर आयोजना कार्यालय खुर्कोटमा कुल लागत ७ करोडमा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

जग्गा विकास समितिका अध्यक्ष टीका बहादुर देवकोटाकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रेगन थापा,कृष्णप्रसाद पाेखरेल,रविन श्रेष्ठ र खुर्काेटका अन्य  बुद्धिजीवीहरुकाे समेतकाे उपस्थिति भएको थियोे भने  कार्यक्रम सन्चालन आयोजना प्रमुख सन्तोष निरौलाले गर्नुभएको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon