हरिहरपुगढी गाउँपालिकाले काममा खटिनुपुर्व कामदारहरुलाई सुरक्षा सामाग्री वितरण,

२०८१ चैत्र ४ गते, सोमबार

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले हिजो (आइतबार)  गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीमा खटिनुपुर्व कामदारहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना र कार्यस्थल सुरक्षा सामाग्री वितरण गरिएको थियो  ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाकाे अध्यक्षतामा वडा नम्बर १,२ र ५ का पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा खटिने बेरोजगार श्रमिकहरुको लागि सुरक्षा सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा आफ्ना भनाइहरु राख्दै  हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले सरकारले छनोट भएका बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गरिरहेको समयमा मंशिर,पुस महिनामै गरिनुपर्ने कार्यक्रम बर्षको अन्तिम महिनातिर पुर्याएकाे भन्दै योजना अनुरुपको उपलब्धी प्राप्त हुन नसक्ने बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिका भौगोलिक दृष्टिकोणले विकटता रहेको र बर्खा लागेपछि काम गर्न असजिलो हुने भएकोले अर्को बर्षबाट समयमानै काम गर्नको लागि सम्बन्धीत सम्पुर्णमा आग्रह गर्नुभएको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon