वनमा आगो लगाएको आरोपमा दोरम्बाका दाजु–भाइ अनुसन्धानकाे लागि डिभिजन वन कार्यालयमा,

२०८१ चैत्र ४ गते, सोमबार

रामेछाप जिल्लाकाे दोरम्बा शैलुङ गाउँपालिकाकाे सामुदायिक वनमा आगो लगाउने दुई दाजुभाइलाई अनुसन्धानकाे लागि डिभिजन वन कार्यालयमा लगिएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन

सामुदायिक वनको जङ्गलमा आगो लगाई भागेको भन्ने सूचनाकाे आधारमा  शनिबार उनीहरूलाइ पक्राउ गरेको हाे ।  हाल दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको  छ । शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो । आगो अहिले शैलुङको जङ्गलमा फैलिएको छ । आगोले शैलुङको वन क्षेत्रमा ठुलो क्षति भएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon