ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न,
सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिकामा आज(साेमवार) गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाकाे प्रमुख आतिथ्यतामा समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा यस हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई लक्षित गरेर सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा आफ्ना भनाइहरु राख्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शिक्षित व्यक्तिहरुले नै ट्राफिक नियमको पालना नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुने हुँदा नियम पालनालाई जटिल रूपमा लिन नहुने बताउनुभयो । ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,ट्राफिक प्रहरी,विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक,शिक्षिकाहरु,पालिकाका कर्मचारीहरु संस्थगत प्रमुख तथा प्रतिनिधिहरु पाटीका प्रतिनिधिहरुकाे उपस्थिति भएको थियो ।![]()







