आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस,फोहोरको उचित व्यवस्थापनमा जोड दिएर मनाईंदै

२०८१ चैत्र १७ गते, आईतवार

आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस, फोहोरको उचित व्यवस्थापनमा जोड दिएर मनाईंदैछ । फोहोर उत्पादन एवम् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।

विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवम् प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकबाट हरेक वर्ष २ दशमलव १ अर्बदेखि २ दशमलव ३ अर्ब टन ठोस फोहोर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन थालिएको हो

प्लाष्टिक प्रदूषण एवम् अन्य फोहोरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न हरेक मानिसले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएर यस वर्ष दिवसलाई केन्द्रित गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्घ सदस्य देशलाई सघाउदै आएको छ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहोरमुक्त गर्नु अपरिहार्य भएको राष्ट्रसङ्घले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon