नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले सुरु गर्याे रजकको परिवारलाइ सहयोग अभियान,
रामेछाप,
काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आर्थिक सहयोग गर्ने भएको छ । पत्रकार महासंघ रामेछाप शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूबाट स्वैच्छिक रूपमा आर्थिक संकलन अभियान समेत मङ्गलवारबाटै सुरु गरेको थियो ।
मंगलबार महासंघ रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष टीका प्रसाद भट्टले ज्यान गुमाउन पुगेका रजकको परिवारलाई शान्ताेना दिन र ‘हामी साथमै छौँ’ भन्ने आभास दिलाउनकाे लागि आर्थिक सहयोग जुटाएर प्रदान गर्ने कार्यक्रम उत्तम हुने बताउनु भएको थिए । भट्टले भन्नुभयो हामीले सकेजति सहयोग गरेर रजकको परिवार सम्म पुर्याउन सकेयाैँ भने उसकाे परिवारको भरोसा टुटने छैन हामीले गरेको सानो सहयोगले यतिबेला उसको परिवारलाई परेकाे दुखकाे घाउमा मलमपट्टी हुनेछ ।
एउटा पत्रकारको परिवारलाई पीडा पर्दा अर्को पत्रकारले सहयोग गर्ने राम्रो बानी बसाल्न समेत यो अभियान सुरु गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले बताउनु भयो ।उहाले भन्नू भयो हामीले सुरु गरेको यो अभियानले देश विदेशमा स्थान पाओस् ताकी पत्रकारितामा लाग्नेहरूले हाम्रो संस्थालाई अभिभावक सम्झन सकोस् ।







