हरिरपुरगढी गाउँपालिका अध्यक्ष आफै खटिनुभयाे सरसफाइमा,

२०८१ चैत्र २९ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिकामा आज (शुक्रबार) पालिका अध्यक्ष वज्रध्वज वाइबाकाे नेतृत्वमा  मदनभण्डारी राजमार्ग अन्तर्गत  हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ स्थित श्रीपुर बजार देखि भाइरल जङ्गलको सडकको दायाँबाँया सरसरफाई गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले भन्नुभयो  एउटाको घर सफा हुदा समुदायनै सफा हुने भएकाले आफ्नो घरबाट वा पसलबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न ,सबैले आफ्नो घर आसपासमा सफागर्न समुदायका मानिसलाई आग्रह गर्नुभयो । सडकमा फोहोर फाल्दा राजमार्गकै मुहार बिग्रिने भएकोले सडकमा फोहोर फाल्नेलाई जरिवाना गरिने समेत जानकारी दिनुभयो ।

पर्यटकीय र रमणिय स्थल बनाउँने उदेश्यका साथ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, प्रहरी,ट्राफिक प्रहरी लगायत स्थानियको उपस्थितीमा सरसफाई गरिएको थियो ।
सडकमा राजमार्गको सुन्दरतामा फोहोर र झाडिले भरिन थालेपछि सरसफाई सुरु गरिएको हो । नयाँ बर्षमा पर्यटकलाई आकर्षण तथा पर्यटन प्रवद्र्धनको लागि पार्क निर्माण,सरसफाई, रंगरोगन, हरियाली वनाउनका लागि जनश्रमदानद्धारा जुटिएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon