गाेलन्जाेर गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिकाकाे चालु आर्थिक वर्ष २०८१।०८२ मा गाउँपालिकाको विकास योजना, सार्वजनिक सेवा प्रवाह र सम्पादित कार्यक्रमहरुको अर्ध-वार्षिक सार्वजनिक सुनुवाई कार्यक्र गाउँपालिका अध्यक्ष शंकर राज बरालकाे अध्यक्षतामा सम्पन्न भयो ।
आज (मंगलबार) सम्पन्न उक्त कार्यक्रममा पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरीले जानकारी गराउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञासा सल्लाह,सुजाव र गुनासोहरु राखेका थिए । ![]()
गाेलन्जाेर गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार) प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चाैधरी,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,पालिकाका शाखागत कर्मचारीहरुलले कार्यक्रममा नागरीकहरुले सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
पालिका अध्यक्ष शंकर राज बरालले नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुको प्रश्न,जिज्ञासा र गुनासोहरु भन्दापनि सकारात्मक सुझावहरु प्राप्त गरेको बताउनुभयो । पालिकाले हरेक वर्ष नागरीकको अपेक्षा अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको उहाँले बताउनु भयाे ।
कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु,विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु,पत्रकार लगायत नागरीकहरुको उपस्थिती रहेको थियो भने सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सहजीकरण बडापत्र मिडिया ग्रुप प्रा.लिले गरेको थियोे । ![]()







