पाथीभरा मन्दिर दर्शन गर्न जादै गरेकाे बलेराेमा करेन्ट लागेर भयो आगलागी,

२०८२ बैशाख ८ गते, सोमबार

ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बालेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेका छन् ।

गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाईते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाईएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon