हरिहरपुरगढी गाउँपालिकामा गृहिणी महिलाहरूका लागि सिलाई–वुनाई तालिम सुरु,

२०८२ बैशाख ११ गते, बिहीबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिका–७ स्थित क्वाटरमा गृहिणी महिलाहरूलाई लक्षित गरी सिलाई वुनाई सम्बन्धी सिप विकास तालिम  आज ( बिहीबार ) देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो।

बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय र गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालन हुने तालिम दुई महिनासम्म चल्नेछ। तालिममा वडा नम्बर ७ का २२ जना गृहिणी महिलाहरूको सहभागिता रहनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वाइबाले महिलाहरूले सिप सिकेपछि आत्मनिर्भर हुँदै आर्थिक रुपमा सबल बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “घरको काममा सीमित गृहिणी महिलाहरूले अब सिलाई–वुनाईको सिप सिकेर आयआर्जन गर्न सक्नेछन्।”

महिला हिंसाका घटनाहरूमा कमी ल्याउन पनि यस्तो तालिम सहयोगी हुने उहाँको भनाइ थियो। उहाँले गाउँपालिका महिलाहरूको आवश्यकता अनुसार तालिम सञ्चालन गर्न सधैं तयार रहेको समेत बताउनु गर्नुभयो।

तालिम उद्घाटन वडा नम्बर ७ का अध्यक्ष बिच बहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिकाले तालिम सञ्चालनका लागि १० वटा सिलाई वुनाई मेसिन समेत उपलब्ध गराएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon