मरिण गाउँपालिकामा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न,

२०८२ बैशाख ११ गते, बिहीबार

सिन्धुली ।

सिन्धुलीको  मरिण गाउँपालिका सभाहलमा आज(बिहीबार ) एक विशेष कार्यक्रमका बीच छात्रवृत्ति वितरण, प्रोत्साहन रकम प्रदान तथा सहिद तथा बेपत्ता परिवारको सम्मान कार्यक्रम सम्पन्न भएको छ।

पालिका अध्यक्ष बिमर्श मुक्तान ( प्रख्यात ) काे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा द्वन्द्व पीडित परिवारका विद्यालय तथा क्याम्पसमा अध्ययनरत छात्र–छात्रामध्ये छनोट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने आमा बाबु बिहिन बालबालिकाहरुलाई  प्रतिब्यक्ति २४००० को दरले ६० जनालाई नगद सहित सम्मान गरेको थियाे । स्नातक तह उर्तीण गरि विवाह गर्ने किशोरी तथा अविवाहित महिलाहरुलाई प्रोत्साहन स्वरूप रकम वितरण गरिएको छ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई विशेष सम्मान गरिनुको साथै उनीहरुको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत विभिन्न शाखाका कर्मचारीहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक–विद्यार्थी तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon