गोलन्जोर गाउँपालिकाको घुम्ती शिविरमा २४ सयभन्दा बढी सेवा प्रवाह,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सातै वडामा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत २ हजार ४ सय २० सेवा प्रवाह गरेको छ। बैशाख १० देखि सुरु भएको शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता वितरण, कृषि तथा पशुपन्छी सेवा, राजश्व संकलन लगायतका सेवा उपलब्ध गराइएको हो।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार शिविरबाट वडा १ मा २६१, वडा २ मा ४८३, वडा ३ मा १७१, वडा ४ मा ५८७, वडा ५ मा ४८१, वडा ६ मा २६१ र वडा ७ मा १७६ सेवा प्रदान गरिएको छ। अधिकांश सेवा जेष्ठ नागरिक, अशक्त र विपन्न वर्गलाई लक्षित थियो।
शिविरसँगै वडा–वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न भएको छ, जहाँ सेवाग्राही, राजनीतिक दल, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो। अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले आगामी वर्षदेखि चौमासिकरुपमा यस्ता शिविर सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
![]()







