मरिण गाउँपालिकाद्वारा सेवा घरदैलोमै,
सिन्धुली ।
सिन्धुलीकाे मरिण गाउँपालिका वडा नं. १ खलंगामा आयोजित एक विशेष कार्यक्रममार्फत स्थानीय नागरिकलाई लक्षित गरी महत्वपूर्ण सेवा प्रवाह गरिएको छ।
कार्यक्रम मरिण गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक, कपिलाकोट शाखाको सहकार्यमा सम्पन्न भएको हो। यस अवसरमा आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको थियो।१५१ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र ५३ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको थियो ।
स्थानीय तहमा सेवा पुर्याउदै नागरिकलाई सशक्त बनाउने मरिण गाउँपालिकाको अभियान यो कार्यक्रममार्फत अझ सुदृढ बनाइएको छ। गाउँपालिकाले यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।![]()







