गणतन्त्र दिवस २०८२,रामेछाप बजार सरसफाई कार्यक्रम सम्पन्न,
रामेछाप ।
गणतन्त्र दिवस २०८२ को अवसरमा रामेछाप नगरपालिकाले बृहत सरसफाई अभियान कार्यक्रमहरू सम्पन्न गरेको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार क्षेत्र सैनीक स्मृति पार्कदेखि भंगेरीसम्म सरसफाई गरिएको थियो ।
सरसफाई अभियानमा नगरप्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, नगर प्रवक्ता समिर कार्की, वडा नं. ८ का वडाध्यक्ष सन्तोष तामाङसहित नगरका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानियवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।![]()
नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा तीन दिने कार्यक्रम तय गर्दै नगरस्तरीय आयोजक समिति गठन गरेको छ। जेठ १४, १५ र १६ गतेसम्म नगरका सम्पूर्ण सरकारी कार्यालय, संघ–संस्था तथा बजार क्षेत्रमा राष्ट्रिय झण्डा मर्यादापूर्वक सजाउने र साँझमा दीपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यस्तै, खुला रक्तदान कार्यक्रम, फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा विटार पार्कमा राष्ट्रिय झण्डा राखी विशेष सजावट गर्ने कार्यक्रमहरू पनि आयोजना गरिने नगरपालिकाले जानकारी दिएको छ।![]()







