तिल्केस्थान गढीमा खाँडादेवी मन्दिरको पुनर्निर्माण, नेपाली सेनाबाट उद्घाटन,

२०८२ जेष्ठ १२ गते, सोमबार

रामेछाप ।

रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सीमामा रहेको ऐतिहासिक तिल्केस्थान गढीमा नेपाली सेनाले पुनर्निर्माण गरेको खाँडादेवी मन्दिरको उद्घाटन गरिएको छ। मन्दिरको उद्घाटन नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जिसीले गर्नुभयो।

कार्यक्रममा पृतनापति जिसीले गढी तथा मन्दिरको पुनर्निर्माण सेनाको ऐतिहासिक सम्पदाको संरक्षण नीति अनुसार गरिएको बताउँदै, गढीको संरक्षणमा स्थानीय सरकारको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले राष्ट्रिय एकता कायम गर्न इतिहासप्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तिल्केस्थान गढीलाई पर्यटकीय सम्भावना बोकेको स्थल भन्दै यसको प्रचार, संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनु भयो । रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले गढी दुबै पालिकाको साझा सम्पदा भएको बताउँदै  स्थानीय सरकारले तिल्केस्थान गढीलाई पर्यटन प्रवद्र्धनमा जोड्न धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । दुबै पालिका मिलेर आगामी दिनमा यसको प्रवद्र्धनमा काम गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

नेपाली सेनाको खड्गदल गणको पहलमा महिनौँको मेहनतपछि जिर्ण मन्दिर पुनर्निर्माण गरिएको हो। मन्दिर निर्माण क्रममा पुरातात्विक महत्वको विष्णु मूर्ति फेला परेको र सो मूर्ति मन्दिरभित्र प्रतिस्थापन गरिएको छ।

नेपाली सेनाले पुननिर्माण गरेको खाँडादेवि मन्दिर र गढीको संरक्षणका लागि रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङलाई हस्तान्तरण गरिएको हाे      दुबै पालिका मिलेर आगामी दिनमा यसको प्रवद्र्धनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

इतिहास अनुसार, वि.सं. १८३६ सालति तिल्केस्थान गढीमा अंग्रेज फौजसँगको युद्धताका नेपाली सैनिकको बासस्थल रहेको थियो। भलुवाजोरमा अहिमानसिंह थापा खटिएको उल्लेख अमरसिंह थापा प्रतिष्ठानको प्रकाशनमा समेत गरिएको छ। माडी चौरलाई सैनिक तालिम स्थलको रुपमा चिनिन्छ। याे  रामेछाप बजारबाट लगभग ४ किलो मिटर दुरीमा पर्छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon