गणतन्त्र दिवस २०८२ को अवसरमा गोकुलगंगामा भव्य खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,
रामेछाप ।
रामेछापकाे गोकुलगंगा गाउँपालिकामा गणतन्त्र दिवस २०८२ को अवसरमा गोकुलगंगा गाउँपालिकाको कवडहलमा आयोजित ‘प्रथम गोकुलगंगा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले गोकुलगंगा क्षेत्रलाई खेलकुद गतिविधिको माध्यमबाट सामाजिक ऐक्यबद्धता र युवापुस्तामा खेलप्रतिको रुचिलाई बढाउने उत्कृष्ट अवसर प्रदान गरेको छ।
प्रतियोगितामा सिन्धुलीबाट सहभागी भएको टिम सिन्धुलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, रामेछापको खाँदाडादेबी प्रतिनिधित्व गर्ने टिमले दोस्रो स्थान प्राप्त गर्यो भने तेस्रो स्थानको उपाधि जिरी र मन्थलीका टिमहरूले संयुक्त रूपमा प्राप्त गरे गरेका थिए
प्रतियोगिताको समापन समारोहमा विजयी टिमहरूलाई सिल्ड,मेडल,प्रमाणपत्र सहित नगद पुरस्कार रु ३०,००० (प्रथम), रु २०,००० (दोस्रो) र रु १०,००० / १०,००० (तेस्रो) नगद पुरस्कार प्रदान गरिएको थियो।![]()
समापन समारोहमा गोकुलगंगा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू, स्थानीय संघसंस्था, खेलप्रेमी नागरिक तथा प्रतियोगितामा सहभागी खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस्ता प्रतियोगिताहरूले युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने, स्वास्थ्य र खेलदक्षताको विकास गर्ने तथा सामाजिक सद्भाव बढाउने गर्दछ ।
गोकुलगंगा गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्तै प्रकारका प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको आयोजनामा भएको यो प्रतियोगिता अब वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने संकेत पनि दिइएको छ।
गणतन्त्र दिवस २०८२ लाई स्मरणीय बनाउने गरी सम्पन्न भएको यो प्रतियोगिता स्थानीय तहबाट राष्ट्रिय एकता र सहकार्यलाई खेलकुदमार्फत सुदृढ गर्ने एक सार्थक प्रयासका रूपमा उदाहरणीय बनेको छ।![]()







