प्रेस युनियनको ३४औं वार्षिकोत्सवमा पत्रकारहरूको आँखा जाँच,

२०८२ जेष्ठ १९ गते, सोमबार

रामेछाप ।

नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारहरूका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त दिवसको अवसर पारेर मन्थलीस्थित तिलगंगा आँखा प्रतिष्ठानको सामुदायिक आँखा केन्द्रसँगको सहकार्यमा युनियनले आँखा जाँच शिविर आयोजना गरेको हो। शिविरमा २८ जना पत्रकारहरूले आँखा परीक्षण गराएका थिए। तीमध्ये दृष्टिदोष देखिएका २५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभएको ।

परिक्षणमा सहभागी अधिकांश पत्रकारहरूमा सुक्खा आँखा, दृष्टिदोष, चालिसे, एलर्जी र आँखा पाक्ने समस्या देखिएको थियो। नियमित रूपमा कम्प्युटर, क्यामेरा, टेलिभिजन र मोबाइल स्क्रिनमा समय बिताउने कारण यस्ता समस्या देखिएको उल्लेख गरियो।

शिविरमा सहभागी पत्रकारहरूले यस्तो कार्यक्रम अत्यन्त आवश्यक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए।

तिलगंगा आँखा प्रतिष्ठानको मन्थली सेवा केन्द्रले विगत २५ वर्षदेखि स्थानीयस्तरमा आँखा सेवा प्रदान गर्दै आएको छ। हाल उक्त केन्द्रलाई अझ आधुनिक र सुविधासम्पन्न बनाउने उद्देश्यले नयाँ भवन निर्माण कार्य पनि अगाडि बढाइएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon