एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ,

२०८२ असार १३ गते, शुक्रबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो

यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए

बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईईमा ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ

यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो

यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । नन ग्रेड भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन्

यस वर्षकाे एसईई परीक्षा गएकाे चैत ७ गते शुरू भई १९ गते सकिएकाे थियाे । एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए

यसरी हेर्न सकिन्छ नतिजा :

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.ekantipur.com

www.see.edusanjal.com

see.eswea.com.np

https://khalti.com/app

collegeinfonepal.com/see

https://theconnectplus.com

www.12khari.com

https://www.collegesnepal.com/see_result/

https://bit.ly/GetNcellApp

https://swifttech.com.np/see-result/

https://resultneemaacademy.com

see.mypay.com.np

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon