गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दुई पक्षीय सम्झौता,
सिन्धुली।
सिन्धुलीको गोलन्जोर गाउँपालिका, ग्वाल्टार, सिन्धुली र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, बागमती प्रदेश, नेपालबीच गाउँपालिकाको आधारभूत अस्पताल सञ्चालनसम्बन्धी दुइ पक्ष समझदारीपत्रमा आज (बिहिवार) हस्ताक्षर भएको छ ।
गोलन्जोर गाउँपालिका अध्यक्ष श्री शंकरराज बराल र प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीबीच हस्ताक्षर भएको यस सम्झौताले स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
समझदारी अनुसार, अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक पर्ने शैक्षिक तथा क्लिनिकल तालिम, समुदायमा आधारित आउटरिच कार्यक्रम, अनुसन्धान सहयोग, मानव संसाधन आदानप्रदान, साथै स्वास्थ्य पूर्वाधार तथा सेवा प्रवाहको व्यावसायिक विकास जस्ता विभिन्न पक्षमा प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक सहजीकरण गर्नेछ।
कार्यक्रममा बोल्दै अध्यक्ष बरालले भन्नुभयाे “यो समझदारी पत्र गाउँपालिकाको स्वास्थ्य सेवा प्रवाहमा नयाँ युगको थालनी हो। प्रतिष्ठानसँगको सहकार्यले यहाँका जनताहरुले गुणस्तरीय सेवा पाउनेछन्।”![]()
उपकुलपति डा. ज्ञवालीले प्रतिष्ठानले ग्रामीण भेगमा स्वास्थ्य सेवा विस्तार र दक्ष जनशक्ति विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यस समझदारीबाट गोलन्जोर गाउँपालिका अन्तर्गतको स्वास्थ्य सेवा प्रणालीमा अझ प्रभावकारी, समावेशी र जनमुखी हुने विश्वास लिइएको छ ।
हस्ताक्षर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार),निमित्त प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरी,स्वास्थ्य शाखा प्रमुख र कर्मचारीहरु, वडा अध्यक्षहरुकाे उपस्थित गरेको थियो ।![]()







