रामेछापमा स्कारपियाे दुर्घटना,श्रीमतीकाे मृत्यु र श्रीमान घाइते,

२०८२ श्रावण २५ गते, आईतवार

रामेछाप ।

रामेछापमा सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना भएको हो ।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको ९४६३ (बा १३ च ३९३५ पुरानो) नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ की अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको  छ ।

दुर्घटनामा घाइते भएका मृतकका श्रीमान् उत्तम चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon