जेन जी’ आन्दाेलनकाे अपील : ‘संयमित रहनुस्, नयाँ राजनीतिक निकासकाे बाटाे खुलेकाे छ’
२०८२ भाद्र २४ गते, मंगलवार
जेन जी’ आन्दोलनले संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अनुरोध गरेको छ । आज अपील पत्रमार्फत ‘जेन जी’ आन्दोलनले सरकारले घुँडा टेकेको र यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको जनाएको छ । अब देश आफूहरूको नेतृत्वमा आएको पनि पत्रमा उल्लेख छ ।
‘जेन जी’ आन्दोलनले नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको तथा आफूहरूको अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ चुनावमा जानु रहेको बताएको छ ।![]()







