रामेछाप कारागारमा कैदीबन्दीको प्रदर्शन नियन्त्रण गर्न सेनाको गोली, दुईको मृत्यु,

२०८२ भाद्र २६ गते, बिहीबार

रामेछाप ।

रामेछाप जिल्लास्थित जिल्ला कारागारमा बिहीबार बिहान कैदीबन्दीहरुले तोडफोड गर्दै भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाफौजले गोली चलाएको छ। सुरक्षाकर्मीको गोली लागेर दुई जना कैदीको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आज बिहान केही कैदीहरुले जेल तोडफोड गर्दै भाग्ने प्रयास गरेका थिए। उक्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरी र सेना परिचालन गरिएको थियो। स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

गोली लागेर घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये अन्य १३ जना सामान्य अवस्थामा रहेको र सबैको उपचार रामेछाप अस्पतालमा भइरहेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon