परिस्थिति थप जटिल हुन नदिनुहोस्, सयंमता अपनाउनुस् सेना,
२०८२ भाद्र २४ गते, मंगलवार
नेपाली सेनाले ‘जेन जी’ समूहलाई परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको छ । आज विज्ञप्ति निकालेर सेनाले प्रदर्शनकारीलाई संयम हुन अनुरोध गरेको हो ।
त्यस्तै सेनाले अहिलेको विकसित अवस्थालाई मध्यनजरमा राखेर नेपाल र नेपाली नागरिकको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।
‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ अपिलमा भनिएको







