संविधान दिवस २०८२ को अवसरमा रामेछाप नगरपालिकाद्वारा अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण,
रामेछाप ।
नेपालको संविधान दिवस २०८२ को अवसरमा रामेछाप नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार जिल्ला अस्पताल रामेछापमा भर्ना भएका बिरामीहरूलाई फलफूल तथा पोषणयुक्त खाजासहितको स्वास्थ्य प्याकेट वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लव श्री न्यौपानेले अस्पतालमा उपचाररत २२ जना बिरामीलाई हर्लिक्स, बिस्कुट, फ्रुटी र स्याउ समेटिएको प्याकेट हस्तान्तरण गर्दै बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयाे ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं नेपाली कांग्रेस नगर कार्य समिति रामेछापका सभापति कमल बिक्रम कार्की, नगर प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष समीर कार्की, वडा नं. ८ का अध्यक्ष सन्तोष कुमार तामाङ, वडा नं. ५ का अध्यक्ष हरिचन्द्र श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की, महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक सरिता बुढाथोकी, जिन्सी शाखाकी नायब सुब्बा घना माया श्रेष्ठ, राेजगार संयाेजक विजय बराल, नगर उद्योग वाणिज्य संघ रामेछापका वर्तमान अध्यक्ष अमित कुमार तामाङ, पूर्व अध्यक्ष सम्भु कुमार श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यक्रम अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरू, सञ्चारकर्मीहरू समेत सहभागिता रहेको उक्त कार्यक्रमले संविधान दिवसलाई सेवा, सद्भाव र सहानुभूतिका साथ मनाउने नगरपालिकाको प्रयासलाई अझ प्रभावकारी बनाएको देखिएको छ।
रामेछाप नगरपालिकाले संविधान दिवसलाई केवल औपचारिकता नभई, नागरिकप्रति समर्पित सेवा भावसहित मनाउने परम्परा यसपटक पनि कायम राखेको छ।
![]()







