रामेछापमा तेक्वान्दो संघकाे अधिवेशन भव्य रूपमा सम्पन्न,
रामेछाप।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापको १३औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रममा संघका अध्यक्ष केदार कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
उक्त अधिवेशनका प्रमुख अतिथि रामेछाप नगरपालिकाका नगरप्रमुख लव श्री न्यौपाने हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा प्रमुख सेनानी प्रमोद पौडेल, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, नगर प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष समीर कार्की, बागमती प्रदेश तेक्वान्दो संघका सदस्यहरू दिनेश कुमार बाडा र किशोर श्रेष्ठ तथा खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा निर्वाचन मण्डलको जिम्मेवारी नारायण प्रसाद घिमिरे, रुद्र केसी र गंगा तामाङले सम्हाल्नुभएको थियो।
सभामा कोषाध्यक्ष घना माया श्रेष्ठले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, सहसचिव अपना कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रमको संचालन सचिव देवेन्द्र श्रेष्ठले गर्नुभएको थियो।
नयाँ कार्यसमिति चयन सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार छन् ।
अध्यक्ष देवेन्द्र श्रेष्ठ
उपाध्यक्ष घना माया श्रेष्ठ
सचिव अपना कुमारी श्रेष्ठ
कोषाध्यक्ष निङ्बर पाख्रिन
सदस्यहरू अनिता कार्की, निराजन थापा, विजय बराल (रुकुम हायू सदस्य)
कार्यक्रमले जिल्लामा तेक्वान्दो खेलको प्रवर्द्धन र संस्थागत विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ। उपस्थित अतिथिहरूले तेक्वान्दो खेलले युवाहरूलाई अनुशासित, सक्षम र राष्ट्रप्रेमी बनाउने उल्लेख गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।![]()







