गोलन्जोरमा आधारभूत अस्पतालको सेवा शुभारम्भ,

२०८२ आश्विन ५ गते, आईतवार

सिन्धुली ।
सिन्धुलीको गाेलन्जाेर गाउँपालिका स्थित गोलन्जोर आधारभूत अस्पतालमा आज(आइतबार) एक कार्यक्रम बिच सेवा शुभारम्भ गरियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर राज बरालको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा कर्मीहरू, सामाजिक अगुवा, अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरू लगायतका सहभागी थियाे ।

कार्यक्रममा सहयोगी दाता संस्था ‘ब्याक टु लाइफ ई.भी. जर्मनी’ र ‘समुदाय पद्धति विकास सेवा सिन्धुली’ को सम्पूर्ण टिम पनि उपस्थित थियो। अस्पतालको यस सेवाले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरियो।

गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले स्वास्थ्य सेवा विस्तारमा सहयोग गर्ने दातालाई धन्यवाद व्यक्त गर्दै भन्नुभयाे स्थानीय जनताको स्वास्थ्य सुधारका लागि यो अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्नेछ। हामी सबैले मिलेर यहाँको सेवा सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्नुपर्छ।

अध्यक्ष बरालले अस्पतालको उद्घाटनबाट स्थानीयस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार हुने उल्लेख गर्दै सबैको सहयोग र सद्भाव आवश्यक भएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले नयाँ सेवा सञ्चालनका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

गोलन्जोर आधारभूत अस्पतालले अबदेखि गाउँपालिका र वरिपरि बसोबास गर्ने जनताको स्वास्थ्यसम्बन्धी आवश्यकताहरूलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon