गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्यामा आठ कोठे विद्यालय भवनको शिलान्यास,

२०८२ आश्विन २४ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्यामा अवस्थित बत्सला माध्यमिक विद्यालय, दिङदिङ किराँतेमा आज( शुक्रबार) नयाँ आठ कोठे विद्यालय भवनको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गोलन्जोर गाउँपालिकाको समन्वय तथा ब्याक टु लाइफ इ.भि समुदाय पद्धति विकास सेवा, सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सो विद्यालय भवनको शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार) प्रमुख पदाधिकारी, शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर राज बरालले भवन निर्माणले गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। “गाउँको समृद्धि शिक्षा बाटै सम्भव छ, र यस प्रकारका पूर्वाधार निर्माणले शिक्षाको स्तर माथि उठाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

त्यस्तै उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यले ग्रामीण शिक्षा क्षेत्रलाई मजबुत बनाउनेमा जोड दिनुभयो। “शिक्षामा लगानी गर्नु भनेको देशको भविष्यमा लगानी गर्नु हो,” उहाँले भन्नुभयो ।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाका प्रवक्ता, वडाध्यक्षहरू, शिक्षक, अभिभावक तथा ब्याक टु लाइफ इ.भि / समुदाय पद्धति विकास सेवा, सिन्धुलीका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon