रामेछाप नगरपालिकामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न,
![]()
रामेछाप ।
रामेछाप नगरपालिकामा आज (आइतबार) आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नगरप्रमुख लब श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा उपप्रमुख बालकुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, वडा नं. ७ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता समीर कार्की, वडाका वडाअध्क्षहरु,कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।
समिक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूले आ–आफ्ना वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिपछि उठेका प्रश्नहरूको जवाफ र सहभागीहरूबाट आएका सुझावहरूको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत चापागाईंले गर्नुभएको थियो।
![]()
उपप्रमुख थापाले कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाइहरु राख्दै प्रशासन र सेवा प्रवाहमा जनप्रतिनिधिको भूमिकाबारे उल्लेख गर्नुभयो। प्रमुख अतिथि चिना खड्का कार्कीले समेत प्रभावकारी सेवा, समन्वय र उत्तरदायित्वबारे विचार राख्दै वार्षिक समिक्षाको महत्वबारे चर्चा गर्नुभयो।
नगरप्रमुख लब श्री न्यौपानेले आफ्नो समापन मन्तव्यमा रामेछाप नगरपालिकाले गरेका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी र परिणाममुखी कार्ययोजनामा जोड दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमकै अवसरमा बालमैत्री पहलका लागि नगद सहयोग गर्ने संघ–संस्था तथा पालिकाका कर्मचारीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै, वार्षिक शाखागत प्रगति विवरण उत्कृष्ट रूपमा प्रस्तुत गर्ने महिला, बालबालिका तथा सामाजिक विकास निरीक्षक सरिता बुढाथोकीलाई नगद रु २,००० सहित सम्मान गरिएको थियो।![]()







