सिद्धेश्वरी प्राथमिक विद्यालयको नयाँ भवनको शिलान्यास,
सिन्धुली ।
सिन्धुलीकाे गोलन्जोर गाउँपालिका वडा नं १ डुडभन्ज्याङ धन्सारमा अवस्थित सिद्धेश्वरी प्राथमिक विद्यालयको आज (शनिबार)आठ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
गोलन्जोर गाउँपालिकाको समन्वयमा, ब्याक टु लाइफ ई.भी. जर्मनी/समुदाय पद्धति विकास सेवा सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो।
शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल, वडा नं. १ का वडा अध्यक्ष सोमप्रसाद बराल, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सहयोगी संस्था ब्याक टु लाइफ ई.भी. का प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष बरालले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले थप संरचना निर्माणमा निरन्तर लागिरहेको बताए। “सिद्धेश्वरी प्राथमिक विद्यालयको नयाँ भवनले विद्यार्थीहरूलाई सहज र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउनेछ भन्ने भनाइ राख्नु भयो ।![]()
त्यस्तै, उपाध्यक्ष न्यौपानेले उक्त परियोजनामा सहयोग गर्ने ब्याक टु लाइफ ई.भी. तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै सहकार्यबाटै दीगो विकास सम्भव हुने बताउनु भयो।![]()







