२५ महिनापछि प्रमुख मानन्धरलाई मरिणबाट बिदाई,

२०८२ कार्तिक २५ गते, मंगलवार

सिन्धुली ।
करिब २५ महिनासम्म मरिण गाउँपालिकामा सेवा समर्पण गर्दै उत्कृष्ट कार्य सम्पादन गर्नुभएका मरिण वन डिभिजन कार्यालयका प्रमुख श्री अजय बिक्रम मानन्धरको बिदाई तथा “फेरि भेटौंला” कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) ले गर्नुभएको थियो भने कार्यक्रममा मरिण गाउपालिका प्रमुख प्रशासकीय अधिकृत बिकास सुनदास लगायत अन्य कर्मचारीहरुकाे सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा प्रमुख मानन्धरले आफ्नो कार्यकालका अनुभवहरू, चुनौतीहरू र उपलब्धिहरू साझा गर्दै मरिण क्षेत्रमा वन व्यवस्थापन र वातावरण संरक्षणका क्षेत्रमा देखिएको प्रगति सबैको सामूहिक प्रयासको फल भएको बताउनुभयो। उहाँले मरिणका जनतासँग बिताएका क्षणहरू सम्झँदै सबैप्रति आभार प्रकट गर्नुभयो।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) ले मानन्धरको कार्यकुशलता, नेतृत्व क्षमता र सेवा भावको प्रशंसा गर्दै उहाँले मरिणका वन क्षेत्र तथा समुदायमा पुर्‍याएको योगदान दीर्घकालीन रूपमा सम्झनलायक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँको आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले पनि मानन्धरको नेतृत्वमा डिभिजन कार्यालयले गरेको कार्यप्रगति, समुदायसँगको सहकार्य र वन संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon