झापा महिला गोल्डकपको उपाधि पुलिसलाई, एपीएफ १–० गोलले पराजित,
२०८२ कार्तिक २४ गते, सोमबार
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको हो ।
खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक बन्यो । नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ पाएको छ ।







