मन्थलीका सबै १४ वडामा बालविकास समिति गठन,

२०८२ मंसिर १ गते, सोमबार

रामेछाप ।
मन्थली नगरपालिकाले कात्तिक १६ देखि २८ गतेसम्म सबै १४ वडामा वडा–स्तरीय प्रारम्भिक बालविकास समिति गठन गर्दै एकदिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ।

२०७७ मा राष्ट्रिय योजना आयोगले तयार पारेको र मन्त्रिपरिषद्ले स्वीकृत प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिअनुसार वडा अध्यक्षको नेतृत्वमा न्यूनतम नौ सदस्यीय समिति गठन गरिएको थियोे ।

गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकालाई स्वास्थ्य, पोषण, सुरक्षा, शिक्षा र सरसफाइका एकीकृत सेवा उपलब्ध गराई उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो संरचना बनाइएको हो।

दिगो विकासका १७ मध्ये ११ लक्ष्य बालविकाससँग सम्बन्धित
आधारभूत अवधारणा, उद्देश्य, तत्व, महत्व र समितिको दायित्वबारे अभिमुखीकरण गरिएको थियो। वडा अध्यक्ष, सदस्य, विभिन्न शाखाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक समूहका संयोजक तथा बालसञ्जाल प्रतिनिधिको सहभागिता रहेको कार्यशाला इसिडी हार्मोनी परियोजनाअन्तर्गत आयोजित थियो ।

परियोजनामा चाइल्डएड नेटवर्क फाउन्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोग रहेको छ। केन्द्रहरूलाई कार्पेट, चकटी, कुर्सी, किडबक्स, सिकाइ र्याकलगायत भित्री सामग्री र पिङ, चिप्लेटी, क्लाइम्बर, चाकाचुली जस्ता खेल सामग्री वितरण गरिएको छ। साथै, अभिभावक शिक्षा, शिक्षक तालिम तथा विद्यालय घेराबारजस्ता कामसँगै १४ वडाका केन्द्रका लागि १० इसिडी मेन्टरमार्फत निरन्तर प्राविधिक सहयोग प्रदान गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon