सिन्धुलीमा जयनन्द लामा–इन्दिरा गोलेको शालिक अनावरण,

२०८२ मंसिर २ गते, मंगलवार

सिन्धुली।
सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीस्थित सिन्धुली कला घरमा हिजो (साेमबार)वरिष्ठ कलाकार जयनन्द लामा र इन्दिरा गोले गुरुङको शालिक एक विशेष समारोहका बीच अनावरण गरिएको थियोे ।

हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित शालिकलाई निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले प्रमुख अतिथिका रूपमा अनावरण गर्नुभएकाे थियोे

कार्यक्रमको अध्यक्षता हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभयो। कलाकारितामा पुर्‍याएको महत्वपूर्ण योगदानलाई सम्मानजनक रूपमा जगेर्ना गर्न शालिक निर्माण गरिएको उल्लेख गर्दै उहाँले सिन्धुली कला घरप्रति आभार प्रकट गर्नुभयो।

नेपाली तथा तामाङ चलचित्र क्षेत्रमा चम्किएका स्व. जयनन्द लामा अभिनय र संगीत दुवै क्षेत्रमा सक्रिय थिए भने स्व. इन्दिरा गोले गुरुङले हजारौं तामाङ सेलो तथा नेपाली लोकगीतमा अमर स्वर भरेकी थिइन्। दुवै कलाकारको योगदानलाई स्मरण गर्दै प्रमुख अतिथि दाहालले उनीहरूको संघर्ष र समर्पण नयाँ पुस्ताका कलाकारका लागि प्रेरणादायी रहेको बताउनुभयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य फुलमान बल, कमलामाई नगरपालिका उपप्रमुख मन्जु देबकोटा, घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon