हरिहरपुरगढीमा दुईदिने शिविरमार्फत ३१ कुकुरको बन्ध्याकरण,

२०८२ मंसिर ३ गते, बुधबार

सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाभित्र छाडा कुकुर नियन्त्रणका लागि वडा नं. १ र २ मा सञ्चालन गरिएको दुईदिने बन्ध्याकरण शिविर सम्पन्न भएको छ।

शिविरमार्फत ३१ वटा छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ।
वडा नं. १ को चिसापानीस्थित समुदायिक स्वास्थ्य इकाईमा मिति २०८२/०८/०२ गते तथा वडा नं. २ मा २०८२/०८/०३ गते आयोजना गरिएको शिविरमा पशु स्वास्थ्य विशेषज्ञ डाक्टरहरूको टोलीले कुकुरहरूको बन्ध्याकरण गरेका हुन ।

शिविरको निरीक्षण तथा सहजीकरणका लागि हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य, पशु शाखा प्रमुख गोविन्द मण्डललगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाले छाडा कुकुर नियन्त्रणसँगै स्थानीय स्वास्थ्य र सुरक्षा प्रवर्द्धनको उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon