सिन्धुलीमा विद्युत प्राधिकरणका प्रमुख शिसिर लामसाललाई मरिण गाउँपालिकाद्वारा सम्मानपूर्वक विदाइ,

२०८२ मंसिर २ गते, मंगलवार

सिन्धुली।
मरिण गाउँपालिकामा आयोजित एक विशेष समारोहमा सिन्धुली जिल्लाका विद्युत प्राधिकरणका प्रमुख श्री शिसिर लामसाल लाई सम्मानपूर्वक “विदाइ तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्लामा विद्युत सेवा सुधार, व्यवस्थापन सुदृढीकरण तथा समुदायसँगको सहकार्यमा उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानप्रति गाउँपालिकाले कृतज्ञता प्रकट गर्दै सम्मानका साथ विदाइ गरिएको हो।

कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) वडा नं. ०२ का अध्यक्ष श्री कमल बा आले मगर, वडा नं. ०६ का अध्यक्ष श्री हर्कविर माझी सहित गाउँपालिकाका विभिन्न शाखागत कर्मचारीहरुकाे उपस्थिति  रहेको थियो।

गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानले भन्नुभयो लामसालको नेतृत्वमा सिन्धुलीमा विद्युत सेवा सहज र व्यवस्थित बन्दै गएको उल्लेख गर्दै, उहाँको समर्पण, सक्रियता र समुदायप्रतिको आत्मीयताले विकासमा महत्वपूर्ण टेवा पुगेको र आगामी कार्यअवधिका लागि सफलताकाे शुभकामना दिँदै, उहाँले भविष्यमा पनि जनहितमा उस्तै योगदान जारी राख्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

कार्यक्रम अन्त्यमा शिसिर लामसालले सबैप्रति आभार व्यक्त गर्दै, आफूलाई प्राप्त सहयोग र सद्भावले अझै जिम्मेवारीपूर्वक काम गर्ने प्रेरणा मिलेको बताउनुभएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon