निस्वार्थ माया ❤️आँखाले बोलेको प्रेमकथा👁️

२०८२ पुष ४ गते, शुक्रबार

लेखक : निरु थापा रामेछाप  नगरपालिका

७ रामेछाप ( दृष्टिकोण अनलाइन संचालक)

आँखा आँखामा अडिएको छ मौन भाषा,
शब्द नबोले पनि बुझिन्छ आशा।
साना मनमा उम्रिएको कोमल माया,
न स्वार्थ छ यहाँ, न कुनै छलछाया।

लजालु मुस्कान, न्यानो त्यो नजर,
एकअर्कामा भेट्छन् आफ्नै शहर
साथै हाँस्दा झन् सुन्दर संसार,
साथै रोए पनि हलुका हुन्छ भार।

सानो कुरामा खुसी खोज्ने बानी,
सानो रिसमा फेरि मिल्ने कहानी।
एकअर्काको साथमै बल पाउँछन्,
एकअर्काकै आँखामा घर पाउँछन्।

यो प्रेम छैन ठूलो वाचाको बोझ,
छ त केवल भरोसा र साँचो सोच।
हात समात्दा ढुक्क हुने मन,
नडराउने भोली, नडराउने क्षण।

बालमनको यो पवित्र कहानी,
न त बनावटी, न कुनै चालाकी।
समय बग्छ, दिन फेरिन्छन्,
तर यी भावनाहरू सधैं रहिरहन्छन ।

भोलि के होला कसैलाई थाहा छैन,
आजको यो माया भने कहिल्यै सानो छैन।
यही सरल भावनामा लुकेको छ प्रेमको सार,
जहाँ निःशब्द नजरले गर्छ हृदय स्वीकार

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon