गोलन्जोरमा एक दिने बाल हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न,

२०८२ पुष २२ गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–स्थित श्री कौशिका माध्यमिक विद्यालय, ग्वालटारमा वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पाेखरेल(के.पी) को अध्यक्षतामा एक दिने बाल हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

रिलिफ नेपाल सिन्धुलीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, त्यसको असर तथा रोकथामका उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा ईसीडी कक्षामा पढाउने शिक्षिकाहरू, अभिभावक, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू, नेपाल प्रहरी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई बाल अधिकार, बालमैत्री व्यवहार, बाल हिंसा पहिचान गर्ने तरिका र हिंसा भएमा अपनाउनुपर्ने कानुनी तथा सामाजिक प्रक्रियाबारे अभिमुखीकरण गराइएको थियो।

कार्यक्रममा आफ्ना भनाई राख्दै अध्यक्ष कृष्ण प्रसाद पाेखरेल(के.पी)भन्नुहुन्छ बालबालिका सुरक्षित वातावरणमा हुर्किन पाउनु उनीहरूको मौलिक अधिकार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बाल हिंसा अन्त्यका लागि विद्यालय, अभिभावक र समुदाय सबै सचेत र जिम्मेवार हुन आवश्यक छ। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउँछ।”

कार्यक्रमले सहभागीहरूलाई बाल हिंसाविरुद्ध सचेत बनाउनुका साथै बाल संरक्षणमा सबै पक्षको भूमिकाबारे स्पष्ट सन्देश दिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon