जनकल्याण आ.बि. बाह्रबिसेको ३३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा अवस्थित जनकल्याण आधारभूत विद्यालय, बाह्रबिसे को ३३औँ वार्षिकोत्सव आज (बिहीबार) भव्य रूपमा सम्पन्न भएको छ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तान (प्रख्यात) को प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुव थापा को अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुक्तानले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सबैको साझा जिम्मेवारी रहने बताउनुभयो।
“सामुदायिक विद्यालय मजबुत बने मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ। स्थानीय सरकार विद्यालयको शैक्षिक वातावरण सुधार र भौतिक पूर्वाधार विकासमा सधैं साथमा रहनेछ,”उहाँले भन्नुभयो ।
![]()
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र शिक्षक–शिक्षिकालाई सम्मान गरिएको थियो।
कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। ![]()







