लेखक निरु थापा रामेछाप नगरपालिका वडा नं ७ रामेछाप ( दृष्टिकोण अनलाइन डट कम)

२०८० आश्विन १३ गते, शनिबार

कस्तो रैछ भाग्य मेरो,,कस्तो लेखान्त ।
कहिले पनि नभेट्ने भई,,मैले आफन्त ।

मनको कुरा बुझिदिने,,तिमी एउटा थियौं ।
हासी खुसी रमाउदा,,मात्र साथ दियौं ।

पीडा बाेकी तिम्लाई खाेजे,,फेला पारिन ।
मनको अासु भित्रै राेके,,बाहिर झारिन ।

भाग्यले नै ठगेपछि,,कसको के नै लाग्यो ।
कसैगरी मेटिएन,,तिम्ले देकाे दाग याे ।

टुक्रिएकाे थियो याे मन,,झन नै टुक्रायाैं ।
विश्वास घाति रछै तिमी,,कुरा लुकायाैं ।

तिललाई पहाड बनाउने,,काेसिस तिम्ले गर्याै ।
देख्दा जिवित भए पनि,,भित्री आत्मा मार्याै ।

जीवित हुदा लास जस्तो,,गरि बाच्न पर्ने ।
खुसीको दिन नअाउने भाे,,सधै आसु झर्ने ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon