रामेछाप नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान विभिन्न नाटकद्वारा प्रदर्शन

२०८० मंसिर २१ गते, बिहीबार

रामेछाप । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराकाे साथ रामेछाप नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएकाे हाे । मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज नगरपालिकाको कार्यालय अगाडी विभिन्न थरिकाे समाजमा भैरहेकाे गतिविधिलाई समेटेर प्रवचन तथा सन्देशमुल सडक नाटक प्रदर्शन गरिएको थियो

आर.बि.पी.डब्लु रामेछाप र समाजसेवा जागृती महिला समुहसँगको सहकार्यमा नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको हाे । यि दुई संस्थाका कलाकारहरुले लैङ्गिक हिंसा,महिला हिंसा,घरेलु हिंसा र पछिल्लो समयमा बढीरहेको सामाजिक सन्जालकाे दुरुपयोग गर्दा भाेग्नुपर्ने समस्या र घटना बारेमा जनचेनामूलक सन्देश दिदै नाटक प्रस्तुत गरेका थिय ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खडका कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय महिला मात्रै नभएर पुरुषहरु पनि हिंसामा परिरहेको बताउनुभयो । महिला पुरुष जो जसले हिंसा सहेर बसिरहेका छन उनिहरुलाई हिंसा सहरे नबस्न उहाँले आग्रह गर्नुभाे

रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनुको उद्धेश्य,नगरपालिकाले महिलाहरुको क्षेत्रमा गरिरहेको कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले लैंगिक हिंसा अन्त्य गर्न सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले १६ दिने अभियानभर मात्रै नभई बर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्न सके मात्रै हिंसा अन्त्य हुने बताउनुभयो । महिलाहरु एउटा मईन बत्ती जस्तै हुन् आफू भित्रभित्रै जलेर भएपनि बाहिर उज्यालो बनाउन सक्छन् भन्दै कार्यक्रमकाे अन्त्य गर्नभयाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon