सम्पूर्ण सुविधा भएर पनि जिल्ला अस्पताल बिरामीको खोजीमा,
रामेछाम, जिल्ला अस्पतालमा रामेछापले अस्पतालको सेवा सुविधाको बारेमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलन गरी जिल्ला अस्पताल रामेछापले अस्पताल बाट दिँदै आएको सेवा सुविधा बारे जानकारी गराएको हाे । जिल्ला अस्पताल रामेछापले काठमाण्डौंको मंहगो अस्पतालमा नभएका यन्त्र उपकरणहरू जिल्ला अस्पतालमा रहेको र सो अनुसार दक्ष जनशक्ति समेत रहेको बताएका छन् ।
जिल्ला अस्पताल रामेछापका प्रमुख डा.केशव श्रेष्ठले “जिल्ला अस्पतालमा दक्ष डाक्टर हुनुहुन्छ । डाक्टरको समस्या छैन । आवश्यक यन्त्र उपकरणहरू प्रशस्त मात्रामा छन् । सबै प्रकारका ल्याब छन् । कुनै समस्या छैन । तर बिरामीको खोजीमा छौँ । अस्पतालमा ३५ वटा बेडहरू छन् । खाली छ । एक पटक बिरामी जिल्ला अस्पताल आए पछि अन्य अस्पताल जाँदैनन् । यो अस्पतालको सोचे अनुसार प्रचार हुन सकेन । यातायातको सुविधा भएन । यस क्षेत्रमा सबैले ध्यान दिन परयो । यो अस्पताल रामेछाप नगरपालिकाको मात्र नभई समग्र जिल्लाको अस्पताल हो” । जिल्ला अस्पतालमा भेन्टिलेटर सहित आइसियु बेडहरू समेत रहेका छन् ।
वडा नं. ८ का वडा अध्यक्ष सन्तोष तामाङले भन्नुभयाे रामेछाप नगरको दायित्व धेरै हुने भएको हुँदा अस्पतालका लागी एमडिजिपि डाक्टर सेवामा सहयोग, आँखा सेवा संचालनको लागी नगरपालिकाले सहयोग गरेको छ। हामीले नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारीहरूलाई अस्पतालको सेवा संचालनका लागी पठाएका छौँ । जिल्लाका ८ वटै पालिकाहरू मिलेर यस जिल्ला अस्पतालमा बिरामीहरूलाई सेवा लिने वातावरण मिलायाै भनेमात्र याे अस्पतालमा बिरामीहरू अाउने तामाङले बताउनुभयाे।
कार्यक्रमका अध्यक्षय याम कुमार पाख्रिनले भन्नुभयाे रामेछाप जिल्ला अस्पताल सदरमुकामबाट लगभग १५ किलाेमिर माथि डाँडाँमा रहेकाे छ। सेवासुविधा र दक्ष जनशक्ति भएपनि यातायतकाे अशुविधा भएकैकरणाले बिरामीहरू अन्त जान बाध्य भएका छन् । यदि रामेछाप नगरपालिका र मन्थली नगरपािलका समन्वय गरेर यातयातकाे ब्यवस्था मिलाएकाे खण्डमा रामेछाप जिल्ला अस्पतालमा बिरामीहरूकाे संङ्ख्या बढ्ने थियाे भन्दै कार्यक्रमकाे समाप्त गर्नुभयाे ।







