काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेल नगरपालिका वडा नं १० मा चट्याङ पर्दा दुई घरमा भयो क्षति,

२०८१ जेष्ठ ६ गते, आईतवार

काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेमा आज (आईतवार )दिउँसो करिब ३ बजेको समयमा चट्याङ पर्दा २ घरमा क्षति भएको छ ।एउटा घर लक्ष्मी केसीकाे परेको छ भने अर्को घर बिन्दा केसीको परेको छ ।

दिउँसोको समय भएको हुनाले घरमा काेहि थिएनन् म अलि माथि जेठानी दिदीकाे घरमा भएकोले मलाई केही भएर तर मेरो घरकाे छतबाट तलसम्म छेडेर सबै डलान छिद्रा छिद्रा पारेको छ । त्यतिमात्र नभएर पानीको पाइपहरु सबै फुटाएकाे छ । वर्षाकाे समय भएकोेले आफू सुत्ने वेडमा पनि माथि ढलानबाट पानी झर्ने हुदा म अहिले घर छाेडेर जेठानी दिदीकै घरमा बसेकाे छु भन्नुहुन्छ पिडित लक्ष्मी के.सी. ।

त्यस्तै अर्को घर बिन्दा के.सी. काे परेको थियो । चट्याङ बिजुलीकाे मिटरबक्समा परेको थियो । दुबै घरमा मानवीय क्षति र पशुपंन्छी क्षति भने भएको छैन ।

प्रहरीले उठाएकाे मुचुल्का अनुसार लक्ष्मी केसीकाे घरकाे क्षति ५ लाख र बिन्दा केसीकाे घरको क्षति ५० हजार भएको वडा नं १० का वडा अध्यक्ष गाेविन्द भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon