सिन्धुलीको गाेलन्जाेर गाउँपालिकामा एकैदिन तीनवटा भवन शिलान्यास,
२०८१ माघ ८ गते, मंगलवार
सिन्धुली ।
सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिकामा आज ( मंगलबार ) एकैदिनमा तीनवटा भवन शिलान्यास भएका छन् । आधरभुत स्वास्थ्य चाैकी दुईवटा र वडा कार्यालय एउटा गरि तीनवटा भवन शिलान्यास भएको हाे ।
गाेलन्जाेर गाउपालिकाका अध्यक्ष शंकरराज बरालकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार) काे विशेष आतिथ्यतामा वडा नम्बर ४ काे किराते र माझकुभिण्डे स्वास्थ्य चाैकी तथा साेहि वडाकाे वडा कार्यालय भवन सिल्यास गरिएकाे हाे ।![]()
स्वास्थ्य चाैकी निर्माणमा ब्याक टु लाईफ ईभी जर्मनिले ४ कराेड लगानि गरेकाे छ भने वडा कार्यालय भवन निर्माणमा गाउँपालिकाकाे ४० लाख बजेट रहेकाे छ । कार्यक्रम वडा नम्बर चारका वडा अध्यक्ष भक्त बहादुर भुजेलकाे अध्यक्षतामा भएकाे थियो ।







