निशान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेह्रौं स्थापना दिवस मनायो,

२०८१ फाल्गुन २२ गते, बिहीबार

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ८ बिचबजारमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाले आज (बिहीबार)  १३ औँ स्थापना दिवसकाे मनाएको छ ।

संस्थाकाे स्थापना दिवसको अवसरमा सहिद स्मारक पार्क अस्पताल राेड रामेछापका निर्माण कमिटिका अध्यक्ष पाल्देन लामा र बुद्ध चाेक मानेडाडा रामेछापका निर्माण कमिटिकाे अध्यक्ष टेक बहादुर तामाङलाई १/१ थान फलामकाे बेन्च हस्तान्तरण सस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठ र वडा अध्यक्ष सन्ताेष कुमार तामाङबाट गरिएकाे थियोे ।

आज यश निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे स्थापना दिवस हाे आजकाे दिनलाइ संस्था जन्मिएको दिन मानिन्छ । आजको याे महत्त्वपूर्ण दिनमा सदस्य बन्नुहुने सबैलाई निशुल्क सदस्यता बनाउने  समेत संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभएको ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon