मन्थली नगरपालिकाद्वारा बाल श्रम अनुगमनसहित विश्व बाल दिवस मनाइयो,

२०८२ मंसिर ५ गते, शुक्रबार

रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाले हिजो (बिहीबार) विश्व बाल दिवसको अवसरमा नगर क्षेत्रका विभिन्न व्यवसायिक स्थानमा बाल श्रमको अनुगमन गर्दै दिवस मनाएको छ ।

“बालबालिकामा लगानी– सुनिश्‍चित भविष्यको थालनी” भन्ने मूल नारासहित मनाइएको कार्यक्रममा नमुना मन्थली नगर बाल सञ्जाल र वडा नं. १ बाल सञ्जालको संयुक्त पहल रहेको थियो।
बिहान नगरपालिकामा जम्मा भएका सहभागीहरूलाई दुई समूहमा विभाजन गरी मन्थली आकाशे क्षेत्रदेखि भैसेश्वरसम्मको बजार क्षेत्रमा रहेका करिब २४ वटा होटल व्यवसाय, डेरी, वर्कशप र अन्य व्यावसायिक पसलहरूको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा केही व्यवसायिक स्थलमा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका किशोर–किशोरी कार्यरत देखिए पनि उनीहरू जोखिमयुक्त श्रममा नलगाइएको बताइएको छ। ती पसल सञ्चालकलाई पत्राचार गरी थप अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख लव श्रेष्ठ, उप–प्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, उप–सचिव हेमन्त बुढाथोकी लगायत जिल्लास्तरीय निकायका प्रतिनिधि, जिल्ला बाल संगठन, सेतो गुराँस राष्ट्रिय बालविकास सेवा, हिमाली नवीन समाज, नगर बालमैत्री सहजकर्ता तथा बालबालिकाहरूको सहभागितामा सम्पन्न अनुगमन कार्यक्रम बिहान ८ बजे सुरु भई १० बजे सम्पन्न भएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon