मरिण गाउँपालिकामा मानसिक स्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा TPO Nepal द्वारा सन् २०२५ मा संचालन भएका मानसिक स्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम आज मरिण गाउँपालिकामा सफलतापूर्वक सम्पन्न थियोे ।
कार्यक्रम मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) को अध्यक्षतामा भएको थियो भने कार्यक्रममा उपाध्यक्ष श्रीमती विमला माझी, प्रमुख प्रशासकीय अधिकृत श्री विकास सुन्दास, गाउँपालिकाका संपूर्ण वडा अध्यक्षहरू, तथा विभिन्न सरकारोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले आगामी वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन भएकाे गतिविधिहरूको मूल्यांकन, सिकाइ र सुधारका पक्षहरूबारे विस्तृत छलफल गरेका थिए।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, समुदायस्तरमा सचेतना वृद्धि, र सेवा गुणस्तरमा सुधार ल्याउनका लागि यस किसिमका समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रमहरू महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्![]()







