प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफकाे लगातार चाैथाे जित

२०८० पुष ९ गते, सोमबार

प्रहरी बलकाे एपीएफ क्लब लगातार चाैथाे खेलमा विजयी भएकाे छ । आज साेमवार भएकाे खेलमा एपीएफले काेशी प्रदेशलाई ८ विकेटले हरायाे ।

काेशीले दिएकाे ८५ रनकाे लक्ष्य एपीएफले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । एपीएफका लागि इन्दु वर्माले नट आउट ३६ रन बनाइन् । बलिङतर्फ काेशीकी एलिशा खडिया र निशा शाहले समान १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले ४१ रन बनाइन् । बलिङतर्फ एपीएफकी साेनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

याे जितसँगै एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । यसअघिका ३ वटै खेल जितेकाे काेशी ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon