सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे घट्याे
२०८० पुष ११ गते, बुधबार
सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँ बढेको छ ।
सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







