सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलकाे भूकम्प
२०८० पुष १५ गते, आईतवार
काठमाडाैं । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।
आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चाेककाे लिस्तिकोट आसपास केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लाेकविजय अधिकारीले सनराइज खबरलाई जानकारी दिनुभयाे ।
भूकम्पकाे धक्का सिन्धुपाल्चाेकसँगै रामेछाप, दाेलखा, काभ्रेपलाञ्चाेक, काठमाडाैं लगायत जिल्लामा समेत महशुस भएकाे थियाे ।







