४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम गोकुलगंगा गाउँ पालिकाको वडा नं ६ फर्पुमा सम्पर्न

२०८० पुष १७ गते, मंगलवार

नेपाली काँग्रेसकाे औपचारीक रुपमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पर्न भएकाे हाे । कार्यक्रममा सर्वप्रथम स्व. राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम रहेकाे थियो । काङ्ग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङको अध्यक्षतामा दूबै कार्यक्रम सम्पन्न भएकाे हाे । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलले स्व.श्रेष्ठले रामेछाप काठमाण्डौं सम्पर्क मञ्चको सभापति हुँदा र त्यस अघि पार्टिमा दिएको योगदानको चर्चा गर्दै अब त्यस्ता ईमान्दार र बफादार व्यक्ति पाउन नसक्ने हुने बताउनु भयाे ।

। नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरीशरण नेपालीले रामेछाप जिल्लाको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताउनु भयाे । रामेछापले आयाेजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा गोकुलगंगा गाउँ पालिकाको वडा नं ६ फर्पुमा बाेल्दै नेपाली काँग्रेस रामेछाप भित्रको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताउनु भयाे ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा भएको सम्मान तथा अन्तरकृया कार्यक्रममा स्थानीय निर्मला खड्का ( काग्रेस नेता स्व. गजेन्द्र खड्का कि धर्मपत्नी ) र ने का पुर्व वडा पार्टि सभापति ईन्द्र बहादुर खड्कालाई पार्टिमा दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । जिल्ला सभापती पुर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका निवर्तमान सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने , ट्रेड युनियन का पुर्व सचिब डि बि अर्याल ,प्रदेश सदस्य उज्वलराम घिमिरे ,महाधिबेशन प्रतिनिधिहरू क्रमश ध्रुवहरी ढुंगेल, झप्पड राज भण्डारी, नर बहादुर थापा मगर , उषा कार्की,बाल कुमारी थापा कार्की, काङ्ग्रेसका नेता कृृष्ण बहादुर महत, गोकुल गंगा गाउँ पाालिकाका अध्यक्ष काजी बहादुर खड्का, पालिका सभापति मणि लामा, , लिखु ताकाकोसी गाउँ पालिकाका अध्यक्ष केशब महत, यसै वडाका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवार लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon